के चाहन्छिन् प्रेमदिवसकी प्रियंका ?

काठमाडौं । आगामी जेठ ३१ गतेबाट रिलिज हुन लागेको नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की अभिनित फिल्म ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रियंकाको जीवनमा आउने आयुष्मान र नवनायक विशाल खरेलको त्रिकोणात्मक द्वन्द्व र सम्बन्धलाई देखाइएको छ

फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ ।

योगेश घिमिरे निर्देशित सांगीतिक प्रेमकथाको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।