काठमाडौं । डान्सिङ नम्बरको गीत ‘जाम्न माया जाम’को चर्चा पछि फिल्म ‘मारुनी’को रोमान्टिक फ्लेभरको नयाँ गीत ‘सक्दिनँ म बाँच्न’ सार्वजनिक भएको छ । पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको रोमान्टिक भावको गीतमा मेलिना राईको स्वर, सुरेश वाग्लेको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
गीतमा साम्राज्ञी र पुष्पको पहिरन शैलीदेखि गीतको दृश्य छायांकन पनि आकर्षक छ । त्रिकोणात्मक प्रेमकथाको फिल्म आगामी भदौ १३ मा रिलिज हुँदैछ ।
पुनम गौतमले निर्माण गरेको फिल्ममा सह–निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र नवल नेपालले लेखेको फिल्मको निर्देशन नवल नेपालले नै गरेका हुन् । फिल्ममा रेबिका गुरुङ, फिल्ममा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।