फिल्म सोसाइटी अमेरिकामा नवराज

काठमाडौं । नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ । सोसाइटीको विधान अनुरुप केन्द्रिय कार्यालयबाट शाखा खोल्ने अनुमति पाएसँगै अमेरिकाको कोलोराडो डेनभर निवासी नायक, निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा एभरेष्ट सुर्य बोहोरा (न्युयोर्क), प्रथम उपाध्यक्षमा विक्रान्त बस्नेत (न्युयोर्क), द्वितीय उपाध्यक्षमा दिनेश कार्की ‘भर्जिनिया’, सचिवमा हरि उप्रेती (ओहायो), सह–सचिवमा राजकुमार काफ्ले (कोलोराडो), कोषाध्यक्षमा डिपी शर्मा (कोलोराडो), महिला संयोजक डा. रानी शाक्य (मेरिल्याण्ड) छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण सुनार (मोन्टाना), रायन रेज (टेक्सास), शंकरराज वाग्ले (क्यालिफोर्निया), नरमान राई (नर्थ डकोटा) र किकि शर्मा (युटाह) रहेका छन् । सोसाइटीको सल्लाहकारमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजनकुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन् ।

अमेरिका शाखा गठन भए संगै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली फिल्मकर्मीको श्रीवृद्धिमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताए ।

सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले सोसाइटी विश्वभर फैलिएर बसेका फिल्मकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उद्देश्यले अमेरिका शाखा गठन गरिएको र निकट भविष्यमा अन्य मुलुकहरुमा समेत विस्तार गरिने बताए ।