काठमाडौं । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरले यो फिल्म वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब–चडाब लगायतका विषयवस्तुमा आधारित रहेको महशुस गर्न सकिन्छ ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपालबाहेक जापान, अस्टे«लिया, अमेरिका र युरोपका केहि शहरमा पनि प्रदर्शन हुँदैछ । केहि दिन अघि मात्रै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेर नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो । गएको तिहारमा सार्वजनिक हुने भनिएको यो फिल्म प्राविधिक कारण पोस्टपोण्ड भएको थियो ।
तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम फिल्म पनि हो ।
यो फिल्म केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक फिल्मका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायले दर्शकको ध्यान तानेको थियो । टे«ेलर पनि निकै रमाइलो खालको छ ।
मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको फिल्मका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।
फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।