सुन कोशी बग्यो सललमा सुनिल र बिना

काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौको दरबारमार्गस्थित क्युज हलमा एक कार्यक्रम गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा दिवंगत पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ ।

दिलिप समनद्वारा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । कार्यक्रममा गायक यम बराल, नेपाल पुलिसका एआइजी टेक तामाङ, गायक कमल खत्री, एसियन म्युजिकका एमडी इश्वर गुरुङ, निर्देशक विभोर पोखरेलको उपस्थिति थियो ।

निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । भिडियोमा चिफ एसिस्टेन्ट निर्देशन सुनिल बुढाथोकीले गरेका छन् । त्यस्तै रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी र नहकुल खड्काको सम्पादन रहेको छ ।